मुख्यमन्त्री पौडेलद्वारा प्रदेशसभा सदस्यलाई स्पष्टीकरण माग, उपनेता र सचेतक पदमुक्त

मुख्यमन्त्री पौडेलद्वारा प्रदेशसभा सदस्यलाई स्पष्टीकरण माग, उपनेता र सचेतक पदमुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन्।

नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहेका पौडेलले उनीहरूसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएकोबारे स्पष्टीकरणसमेत माग गरेका छन्।

मुख्यमन्त्री पौडेलले आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै उपनेता शालिकराम जम्मरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार दलको विधानविपरीत कार्य गरेकाले नेताद्वयलाई कारवाही र स्पष्टीकरण माग गरिएको हो। 

“नेकपाको विधानको दफा १४ बमोजिम संसदीय दलको नेतालाई आवश्यक सहयोग गर्नुपर्नेमा तोकिएको कर्तव्य नगरेको तथा आफ्नै दलको सरकारलाई असहयोग गर्दै अविश्वासको प्रस्तावसमेत दर्ता गरेकाले उहाँहरूलाई पदमुक्त गरिएको हो,” मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन्। रासस

Recent Comments

No comments to show.