समग्र औद्योगिक व्यावसायिक हकहितमा नै समर्पित छु : सुसन महर्जन

समग्र औद्योगिक व्यावसायिक हकहितमा नै समर्पित छु : सुसन महर्जन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको यसपटकको निर्वाचनमा मनोज न्याछ्योंको प्यानलबाट उद्योग तर्फको उपाध्यक्षमा सुसन महर्जनले उम्मेदवारी दिएका छन् ।

महर्जन पाटन औद्योगिक क्षेत्रमा महालक्ष्मी ह्युम पाइप उद्योग सञ्चालन गर्दै आएका सफल उद्यमी हुन् । विसं २०३७ देखि औद्योगिक क्षेत्रमा संलग्न रहँदै आएको उनको परिवार हाल महालक्ष्मी मोटर्स (टाटा मोटर्सको आधिकारिक वितरक), महालक्ष्मी एग्रिटेक इण्डष्ट्रि (निर्माण कम्पनी) लगायत विविध क्षेत्रमा संलग्न छ ।

संघमा यसभन्दा पहिले २ कार्यकाल कार्यसमिति सदस्यको भूमिका निर्वाह गरिसकेका उनी अबको निर्वाचन मार्फत निर्वाचित भई मूलतः समग्र औद्योगिक व्यावसायिक हकहितमा नै समर्पित हुन चाहन्छन् ।

राज्य मुलुकको समग्र आर्थिक स्थिति माथि उकास्नको लागि व्यवसायीहरुलाई प्रोत्साहित गर्दै सोही बमोजिम आफ्ना नीतिगत सुधार गर्दै अनुकुल व्यावसायिक वातावरण निर्माण गर्नुपर्नेमा केन्द्रित हुनुपर्छ ।

आफ्ना बुबाले बसाएको औद्योगिक जगमा टेकेर व्यावसायिक विविधिकरण मार्फत आफ्नो कार्यकुशलतालाई प्रदर्शन गरेका महर्जन आफ्ना बुबाबाट सिकेको नैतिकता, इमान्दारिता र कर्तव्यपरायणताको प्रेरणाले आफू औद्योगिक क्षेत्रमा सफल उचाई हासिल गर्न सकेको स्वीकार्छन् ।

पछिल्ला दिनहरुमा सामाजिक क्षेत्र तर्फको यात्रालाई समेत सँगसँगै अघी बढाइरहेका महर्जन यसपटकको निर्वाचनमा आफ्नो प्यानलको विजय सुनिश्चित रहेको दाबी गर्छन् ।

ललितपुर राजधानीसँगै जोडिएको जिल्ला हुँदाहुँदै पनि विकास निर्माणको हिसाबले पहिले देखि नै पछाडि पारिँदै आइएको जिल्ला हो । यहाँ मूलतः साना तथा मझौला क्षमताका उद्योगहरु बढी मात्रामा सञ्चालनमा छन् । हाल पाटन औद्योगिक क्षेत्रमा मात्र करिब १ सय २० उद्योगहरु सञ्चालनमा छन् । यस्ता उद्योगहरुका पीरमर्का र समस्या प्रति बढी जानकार छन् महर्जन ।

सबैजसो उद्योगका अधिकांश समस्याहरु समान किसिमका रहेका र ती समस्याहरु समाधानको निम्ति सामुहिक न्याय, एकता र मैत्रीपूर्ण तवरले सरोकारवाला निकायहरुसँग छलफल गर्दै नीतिगत सुधारको माध्यमबाट सबै व्यवसायीको भावनालाई सम्बोधन गर्न आफूहरुको टीम सफल रहने महर्जनको विश्वास छ ।

ललितपुर क्षेत्रका अधिकांश उद्योगहरु निर्यातमा केन्द्रित रहँदै आएको अहिलेको परिवेशमा यी वस्तुको स्वदेशी बजार पहिचान गर्न सकेको खण्डमा नेपालमा नै ठूलो खपत बढाउन सकिन्छ भन्ने उनलाई लाग्छ । यसको लागि राज्य पक्ष नै स्वदेशी उत्पादनको प्रयोगलाई प्रवद्र्धन गर्नुपर्नेमा सक्रिय रहनुपर्ने उनको धारणा छ ।

राज्यले मुलुकको समग्र आर्थिक स्थिति माथि उकास्नको लागि व्यवसायीहरुलाई प्रोत्साहित गर्दै सोही बमोजिम आफ्ना नीतिगत सुधार गर्दै अनुकुल व्यावसायिक वातावरण निर्माण गर्नुपर्नेमा केन्द्रित हुनुपर्ने उनको धारणा छ ।

कोरोना भाइरसको कारण नेपालको औद्योगिक वातावरण निकै नै प्रभावित भएको अहिलेको अवस्थामा उद्योगी व्यवसायीहरु सामुहिक लाभ र सहकार्यको भावनाले पुन क्रियाशिल हुनसके अहिलेको क्षतिलाई छिट्टै पुर्ति गर्न सफल हुन सकिने महर्जन बताउँछन् ।

नेपाली उत्पादनहरुको बाह्य माग उच्च रहेको अवस्थामा स्वदेशी वस्तुको उत्पादनलाई नेपालमा नै बढावा दिने किसिमले यहाँ उत्पादित वस्तुहरुको आन्तरिक बजार पहिचान गर्ने कार्यमा नवनिर्वाचित कार्यसमितिले पहलकदमी लिने समेत महर्जनले बताएका छन् ।

साथै मनोज बहादुर न्याछ्योंले नेतृत्व गरेको व्यावसायिक समूहमा समेटिएर निर्वाचनमा संलग्न हुन पाएकोमा आफू निकै खुसी रहेको बताउँछन् उनी ।

पारदर्शिता र इमान्दारिता एवं दिगो लक्ष्यलाई आत्मसात् गर्दै अघी बढ्नमा प्रतिबद्ध आफूहरु आफ्ना एजेण्डाहरुलाई सफल पारेरै छोड्ने समेत महर्जनको संकल्प छ ।

Recent Comments

No comments to show.