सुनचाँदीको भाउ मंगलबार घट्यो,कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको भाउ मंगलबार घट्यो,कतिमा हुदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ८०० रुपैयाँ र चाँदीके भाउ तोलामा १५ रुपैयाँले सस्तिएको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ ९४ हजार १०० रुपैयाँ, तेजाबी सुनको मूल्य ९३ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य १हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य ७०० रुपैयाँले बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ, तेजाबी सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलामा १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

Recent Comments

No comments to show.