सिजनमा मलको हाहाकार हुँदा पनि धानको उत्पादकत्व हालसम्मकै उच्च

सिजनमा मलको हाहाकार हुँदा पनि धानको उत्पादकत्व हालसम्मकै उच्च

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनुकूल मौसम र समयमा रोपाइँ भएकाले धान रोपाइमा रासायनिक मलको चरम अभाव भएपनि चालु आर्थिक वर्षमा धान उत्पादन हाल सम्मकै उच्च बृद्धि भएको छ ।

गतवर्ष आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा चैते धान र वर्षे धान गरी कुल ७० हजार ८ सय ३१ मेट्रिक टन धानको उत्पादन बृद्धि भएको हो ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष चैते र बर्खे गरी ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान फलेको छ । यो गत वर्षको तुलनामा ७० हजार मेट्रिक टन धेरै हो ।

गत आर्थिक वर्षमा धानको उत्पादन ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार गतआर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा धानको उत्पादन १.२८ प्रतिशतले बृद्धि भएको छ ।

यसवर्ष विगतका वर्ष भन्दा १४ हजार हेक्टर ५ सय ५९ हेक्टर क्षेत्रफल बढीमा धान रोपाइ भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार कुल १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको हो । धानको उत्पादनकत्व ३.८२ पुगेको छ । यो गतवर्षको भन्दा यसवर्ष धान उत्पादकत्व ०.२८ प्रतिशत बढी हो ।

तथ्यांक अनुसार उत्पादन बढे पनि नेपाल अझै धानमा अत्मनिर्भर हुन सकेको छैन। यस वर्ष पनि झण्डै १० लाख टन धन अपुग हुने अनुमान छ। जनसंख्या बृद्धिको अनुपातमा नेपालमा हरेक वर्ष चामलको माग बढ्ने गरेको छ।

सातवटै प्रदेशमध्ये प्रदेश नम्बर २ मा सवैभन्दा बढी धान उत्पादन भएको छ । प्रदेश नम्बर २ मा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ ।

त्यस्तै, प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार ५५४ मेट्रिक टन, बागमती प्रदेशमा ५ लाख ९ हजार ५९० मेट्रिक टन, गण्डकी प्रदेशमा ३ लाख ९७ हजार ९४ मेट्रिक टन उत्पादन भएको छ ।

लुम्बिनी प्रदेशमा १२ लाख २४ हजार ४९७ मेट्रिक टन, कर्णाली प्रदेशमा १ लाख ३७ हजार १६५ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ४४ हजार ९९१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

Recent Comments

No comments to show.