काठमाडौं । नेपाल प्रहरीका नौ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएको छ।
सोमबार बढुवा समितिको बैठकले २०४९ वैसाख र चैतमा सेवा सुरु गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा सिफारिसमा परेकामध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची हुन्। एआईजी विश्वराज पोख्रेलको ब्याचबाट दुई जनालाई मात्रै बढुवा गरिएको छ।
दिवेश लोहनी र मुकुन्दराज आचार्य मात्रै पोख्रेलका ब्याची हुन्।
बढुवा समितिको यो निर्णयसँगै २०७४ साउन १९ गते एसएसपीमा बढुवा भएकामध्ये दुई जना मात्रै एसएसपीबाटै विदा हुनेछन्।
सौरभ राणा र दिलिपकुमार चौधरी भने एसएसपीबाटै आगामी २०७९ वैशाख १९ गते अवकाश हुने भएका हुन्।
यस्तै देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर कुमार दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ पनि एसएसपीबाटै अवकास हुने निश्चित भएको छ।
३३ किलो सुन प्रकरणमा मुछिएर साधारण तारेखमा छुटेका एसएसपी दिवेश लोहनीले भने यसपटक मौका पाएका छन्। उनका ब्याची मध्य एसएसपीसम्म सँगै पुगेर अघिल्लो बढुवामा लोहनी मात्रै छुटेका थिए।
यता डीआईजी दाबेदारको सूचीमा रहेकी एक मात्र महिला एसएसपी पूजा सिंह भने सूचीमा परिनन्।
यी हुन् बढुवा सिफारिस भएका नौ एसएसपी
प्रतिक्रिया