व्यवसायीहरुको सामुहिक हकहितको योजना सहित भरतलालको उम्मेदवारी

व्यवसायीहरुको सामुहिक हकहितको योजना सहित भरतलालको उम्मेदवारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतलाल जोशी, अध्यक्ष पदका उम्मेदवार

यस पटकको ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनमा भरतलाल जोशीले अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दिएका छन् ।

हाल संघमा वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेका उनी ललितपुर क्षेत्रमा चिरपरिचित, स्पष्टवक्ता, दूरदर्शी इमान्दार व्यक्तिको पहिचान बनाउन सफल छन् । उनी विगत ३० बर्ष देखि व्यावसायिक  क्षेत्रमा संलग्न रहँदै आएका छन् ।

एफएनसिजी प्रडक्टहरुको वितरकको रुपमा काम गर्दै आएका उनी पछिल्लो समय पर्यटन क्षेत्रमा समेत आफ्ना पाइला अघी बढाएका छन् ।

विसं २०५३ देखि ललितपुर उद्योग वाणिज्य संघमा आवद्ध भएका उनी संघमा २ कार्यकाल कोषाध्यक्ष, १ कार्यकाल महासचिव हुँदै हाल वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् ।

 उद्योग वाणिज्य संघ मार्फत २ दशक भन्दा लामाे समय संस्थागत योगदान पुर्याएका उनी ललितपुर क्षेत्रका आर्थिक विकास र सामाजिक गतिविधिहरुमा निरन्तर सक्रिय रहँदै आएका व्यक्ति हुन् ।

हाल ललितपुर क्षेत्रमा मात्रै सबै किसिमका गरी ५० औं हजार व्यवसायीहरु हुँदाहुँदै पनि अहिले सम्म करिब १७ सय व्यवसायीहरु मात्र संघमा समेटिन सकेका छन् ।

सबै व्यवसायीलाई समेट्न नसक्नुमा संघमा केही सुधार सहितका योजनाहरु अघी सार्न बाँकी रहेको स्वीकार्दै जोशी आफूले अध्यक्षको हैसियतमा नेतृत्व लिँदा ती सबै योजनाहरुलाई अघी सार्ने र संघमा ठूलो सङ्ख्यामा व्यवसायीहरु प्रवेश गर्न स्वतः आकर्षित हुने वातावरण बनाएरै छोड्ने दाबी गर्छन् ।

पछिल्ला दिनहरुमा ललितपुर जिल्लामा समेत नगर उद्योग वाणिज्य संघ र अन्य निजी व्यावसायिक संघसंस्थाहरु स्थापना भइसकेको अवस्था छ ।

ती सबै व्यावसायिक संघसंस्थाहरुलाई ललितपुर उद्योग वाणिज्य संघमा एकताबद्ध गराउँदै लैजाने र यस संस्थालाई सबै व्यवसायीहरुको अग्रणी व्यावसायिक संस्थाको रुपमा स्थापना गर्न अझ सशक्त कार्यक्रम सहित अघी बढ्ने योजना रहेको समेत बताएका छन् ।

जोशीले नेतृत्व गरेको प्यानलमा अनुभवी र व्यावसायिक व्यक्तिहरुको संलग्नता छ । यस समूहमा सबैजसो व्यावसायिक क्षेत्रका व्यक्तिहरुको प्रतिनिधित्व छ ।

महिला उद्यमी र युवाहरुको समेत उल्लेख्य सहभागिता रहेको यो प्यानल समावेशी हुनुको अलावा न्यायोचित र सबैको भावनालाई कदर गर्ने समूहको रुपमा समेत रहेको छ ।

स्वच्छ छवि भएका र सबैलाई सही कार्यदिशामा एकताबद्ध गर्न सक्ने क्षमता राख्ने जोशी औद्योगिक, व्यावसायिक र सामाजिक क्षेत्रका मुद्दाहरुलाई निरन्तर रुपमा स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायहरुसँगको सहकार्यमा समाधान गर्दै लैजाने बचनबद्धता व्यक्त गरेका छन् । 

कोभिड–१९ ले समग्र अर्थव्यवस्था नै आक्रान्त बनाएको अवस्थामा सर्वसम्मतिमा नै नेतृत्व चयनको विकल्प हुँदाहुँदै कोहीकसैको व्यक्तिगत स्वार्थपुर्तिको कारण प्यानल नै बनाएर निर्वाचनमा जानुपर्ने अवस्था सृजना भएको जानकारहरु बताउँछन् ।

साथै भरतलाल पक्षको जित सुनिश्चित रहेको समेत संघका गतिविधिलाई नजिकबाट नियाल्दै आएका एक व्यक्तिले जानकारी गराए ।

Recent Comments

No comments to show.