आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष १४ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–चतुर्दशी,०१ घडी ५२ पला,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र– मृगशिरा,२७ घडी २३ पला,बेलुकी ०५ बजेर ५६ मिनेट उप्रान्त आद्रा । योग–शुक्ल,२५ घडी ३० पला,बेलुकी ०५ बजेर ०७ मिनेट उप्रँन्त ब्रम्ह । करण– वणिज,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर १६ मिनेट उप्रान्त बव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १६ मिनेट । दिनमान २५ घडी ५२ पला । नुवाकोटमा दुप्चेश्वर मेला । दत्तात्रय जयन्ती ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्नको लागी केही समय पर्ख हेरको रणनीति अपनाउनु पर्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सबल रहनेछ । गहना, कपडा वा धातु जोड्ने समय रहेकोछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग आत्मियता बढ्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथसहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगती गर्न सकिनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा रुपैया पैसा लगानी गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेकोछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनाहरु केही समयको लागी थाती राख्नु नै उचित हुनेछ । तरपनि काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ भने खर्च पनि बढ्ने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यामा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि थोरै लाभ लिन सकिनेछ । तरल पदार्थ, पानी तथा पानीसँग सम्बन्धीत व्यावसायमा लगानी गर्दा ध्यान दिनुहोला । दाजुभाई तथा आफन्तजनबाट असहयोग हुनेछ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले भने सताउने देखिन्छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा मन्दि आई दैनिकी कष्टकर नहोला भन्न सकिन्न । गलत चिन्तन तथा सोचाईलो कार्य क्षेत्रमा समस्या पैदा हुनेछ । अरुकै लागि रुपैया पैसा खर्चनु पर्नेछ । तरपनि औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको खरिद बिक्रिबाट लाभ लिन सकिनेछ । कृषि क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ भने पारिवारिक सम्बन्धमा केही खटपट आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ भने छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । शुुभ तथा माङ्गलिक कार्यमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्य भावमा रहेको चन्द्रमाले साथ दिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । शरीर भारी र मन अस्थिर हुन सक्छ । आलस्य र थकानको अनुभूती हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । परिवारका सदस्य वा नजिकैको साथीसँग घरायसि कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवारका साथ रमाईलो वातावरणमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आलोचना गर्नेहरु बढ्नेछन् भने सानातिना घरेलु समस्याले सताउनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिने सम्भावना रहेकोछ । पहिलेको काम तथा मुद्दाहरु पुनह दोहोरिने हुँदा मानशिक तनाब सिर्जना हुनेछ । प्रेममा एक अर्कालाई शंका गर्ने बानिले असजिलो परिस्थितिको सिर्जना हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामान्यतया झैझगडा र वादविवादमा फस्ने योग रहेकोछ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग विचार नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानी हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागी भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुशि हुनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पती लाभ हुने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउदा मन प्रशन्न हुनेछ ।
मीन(दी,दू,थ ,झ,ञ,दे,दो,चा,ची) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने समय रहेकोछ । घरगृहस्थीमा आफन्त तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मातापितासँगको सम्बन्धमा समेत दरार आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
प्रतिक्रिया