नेपालमा फोरजी प्रयोगकर्ता ५८ लाख नाघे, अहिले सम्म नेपाल टेलिकमकै राज

नेपालमा फोरजी प्रयोगकर्ता ५८ लाख नाघे, अहिले सम्म नेपाल टेलिकमकै राज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ५७ लाख ७२ हजार नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ५७ लाख ७२ हजार ५ सय ८७ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

नेपाल टेलिकमको फोरजी सेवा गर्ने मानिसको संख्या बढ्दो क्रममा रहेको छ । प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या १८ लाख ४० हजार ४ सय ६३ जना रहेका छन् ।

यो संख्या अघिल्लो महिनाको तुलनामा २ लाख ३६ हजारभन्दा धेरै हो । अघिल्लो महिना टेलिकमको फोरजी प्रयोगकर्ता १६ लाख ४ हजार ४ सय ५६ जना रहेका थिए ।

टेलिकमले १७ पुस २०७३ बाट फोरजी सेवा शुरू गरेको थियो । टेलिकमले २०७६ माघदेखि ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको थियो। तर, बल्ल पछिल्लो समयमा यसको फोरजी प्रयोगकर्ता बढ्न थालेका हुन्।

टेलिकमको थ्री जी प्रयोगकर्ताको संख्या भने ८४ लाख १८ हजार ४ सय १० जना रहेका छन् । प्राधिकरणको तथ्यांक अनुसार एनसेलको फोरजी प्रयोगकर्ताको संख्यामा भने कुनै वृद्धि भएको छैन् । अहिले एनसेलको फोरजी प्रयोगकर्ता ३७ लाख २९ हजार ४ सय ५३ जना रहेका छन् ।

एनसेलको २७ लाख ७९ हजार २ सय ९० जनाले थ्री सिमको प्रयोग गर्दै आएका छन् । त्यस्तै, स्मार्टसेलको भने २ लाख २ हजार ६ सय ७१ ग्राहकले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन्।

Recent Comments

No comments to show.