उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान संर्घष समितिबीच सोमबार उद्योग मन्त्रालयमा चार बुँदे सहमति भएको हो ।

सहमति पछि  तीन सातादेखि माइतीघरमा आन्दोलतरत उखु किसान  आन्दोलन फिर्ता लिन समेत सहमत भएका छन् ।

मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको हो  । किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

सहमति भएको बुँदामा उखु किसान र चिनी उद्योगसँग सम्बन्धित समस्याका बारेमा अध्ययन गरी १ सय २० दिनभित्र सुझाव पेस गर्न संयुक्त प्राविधिक समिति गठन गर्ने सहमति सरकार र संघर्ष समितिबीच भएको छ ।

सरकारले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण कृषकका मुद्दा ओझेलमा परेका थिए । त्यसो त गत वर्ष नै उद्योग मन्त्री आफैले कृषकलाई रकम उपलब्ध गराउने गरी कृषकसँग सहमति गरेका थिए । तर, उनी त्यसमा असफल भएका छन् ।

उखु किसान र चिनी उद्योगीबीच सरकारको रोहबरमा गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौता कार्यान्वयन नभएपछि किसानले यसवर्ष पनि आन्दोलन शुरु गरेका थिए।

Recent Comments

No comments to show.