‘सुरक्षा निकायप्रति आक्रमणको नीति छैन’ : नेकपा विप्लव

‘सुरक्षा निकायप्रति आक्रमणको नीति छैन’ : नेकपा विप्लव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका ४ मैदानेमा आज प्रहरी र विप्लव माओवादीका कार्यकर्ताबीच भएको भनिएको दोहोरो भीडन्त नभएको दाबी विप्लव नेकपाले गरेको छ । 

पार्टीले एक विज्ञप्ति निकाल्दै त्यहाँ कुनै भीडन्त नभएको बताएको छ । 

पार्टीका प्रवक्ता प्रकाण्डको नाममा  आइतबार जारी गरिएको विज्ञप्तिमा पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा प्रहरी पुगेर घरपरिवारमाथि कुटपिट गरेको आरोप लगाइएको छ ।

‘प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्र्सना गर्छ ।’

विज्ञप्तिमा अहिले विप्लवको या पार्टीले सुरक्षा निकायप्रति आक्रमणको नीति नलिएको पनि उल्लेख गरिएको छ ।

Recent Comments

No comments to show.