आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष १२ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–त्रयोदशी,५८ घडी ०५ पला । नक्षत्र–कृतिका,१७ घडी २२ पला,दिउसो ०१ बजेर ५२ मिनेट उप्रान्त रोहिणी । योग–साध्य,२५ घडी २६ पला,बेलुकी ०५ बजेर ०५ मिनेट उप्रँन्त शुभ । करण–कौलव,बेलुकी ०५ बजेर १४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २५ घडी ५१ पला ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा सन्तोषजनक बृद्धि हुनेछ । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जानेछ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनाले राम्रा काम गर्न सकिनेछ । स्वास्थ्य अनुकूल रहनेछ भने मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । व्यावसायिक क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवा जनताको काम गरि पद प्राप्त गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानी गर्नको लागी केही समय पर्खनु नै उचित हुनेछ । पति पत्नी बीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउने तथा दैनिकी कष्टकर नहोला भन्न सकिन्न । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभबाट बञ्चित होईनेछ । तरपनि यात्रासँग सम्बन्धीत काम हुनेछन् भने अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समय फलदायी रहनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पशुपालन तथा कृषि क्षेत्रबाट भनेजस्तो लाभ लिन सकिनेछ । पढाइ लेखाइमा प्रगती हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ठूलाबडाको सहयोगले रोकिएको कामहरु बन्नसक्छ । आत्मबल बढ्नेछ भने शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावकको आशीर्वाद प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा राम्रा काम गर्न सकिने हुनाले मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट तथा बौद्धिक व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । धार्मिक तथा आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने मित्रताको बन्धन कसिलो हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । तरपनि सरसफाई र वातावरणको ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पहिलेका गरेका काम पुनह गर्नुपर्दा अलमल बढ्न सक्छ ध्यान दिनुहोला । एउटै कामका लागि धेरै समय दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्दा मन खिन्न हुनेछ । समयले बिभिन्न चुनौति निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्ने खतरा रहेकोछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला । आफन्त तथा चेलिहरुसँग विवाद बढ्ने योग रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) रमाईलो यात्रा गर्न सकिने भए पनि यात्राका क्रममा बाधा तथा अवरोधहरुको सामना गर्नु पर्नेछ । आथिक रुपमा कमजोर हुने तथा अरुको हेपाईमा परिनेछ । माया प्रेममा नचाहादा नचाहादै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिले सहयोग नगर्दा उपलब्धी गुम्ने खतरा रहेकोछ । अध्ययनमा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुतिरै जानेछ । नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपदा तनाब बड्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ । रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टाएर जानेछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने धन संग्रह गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ । अध्ययनमा प्रगती हुनुका साथै आफ्नो ज्ञान प्रयोग गरि काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुने अधिक सम्भावना रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउने समय रहेको तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । कामको अवसर प्राप्त भए पनि तत्काल फाईदा नहुन सक्छ । पहिलेका सम्झौता तोडी नयाँ काम गर्न सकिनेछ । अरूको भर पर्नाले काम पूरा नहुन सक्छ । तरपनि अन्योलमा मान्यजनको सुझावलाई शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मीन(दी,दू,थ ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा मनग्ये धनलाभ हुनेछ भने नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा साथीभाइले राम्रै सहयोग गर्ने हुनाले रचनात्मक काममा जुट्न सकिनेछ । लामो समयदेखि रोकिएका काम पुनः सुचारु गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । तरपनि यात्र गर्दा ध्यान दिनुहोला ।
तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
प्रतिक्रिया