ब्रोकर कमिसन ३३ प्रतिशतले घट्यो, लगानीकर्तामा उत्साह

ब्रोकर कमिसन ३३ प्रतिशतले घट्यो, लगानीकर्तामा उत्साह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ । ब्रोर्ड स्रोतका अनुसार आइतबारदेखि कार्यान्वयन हुने गरी ब्रोकर कमिसन ३३ प्रतिशतले ले घटाइएको हो ।

पहिलेदेखि नै सेयर ब्रोकरहरूले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए।

लगानीकर्ताले यसअघि ५० हजार सम्मको कारोबारमा ०.६ प्रतिशत कमिसन तिर्नुपर्नेमा अब ०.४०२ प्रतिशतले तिरे हुने भएकोछ। ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत तिर्नुपर्नेमा अब ०.३६८५ प्रतिशत तिर्नुपर्ने छ।

हाल ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ। यसलाई घटाएर सहज बनाइएको छ।

अबदेखि ५ लाख देखि २० लाख सम्मको लागि ०.३३५ प्रतिशत र २० लाखदेखि करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ।

करोड भन्दा माथिको कारोबारको हकमा अहिलेसम्म ०.४० प्रतिशत तिर्नुपर्ने थियो। अब ०.२६८ प्रतिशत तिरे पुग्‍नेछ। लगानीकर्ताले तिर्ने एकमुष्ट कमिसनमध्ये नेपाल स्टक एक्सचेन्जले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लिने व्यवस्था छ।

Recent Comments

No comments to show.