मौसम पूर्वानुमान : कस्तो रहला दिनभरको मौसम ?

मौसम पूर्वानुमान : कस्तो रहला दिनभरको मौसम ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। हाल गण्डकी, वागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्ने तथा तराईमा हुस्सु लाग्ने क्रम जारी छ ।

अहिले देशका धेरैजसो ठाउँमा पातलो कुहिरो लागेको छ । अहिले गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा कुहिरो लागेको छ भने बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

आगामी २४ घण्टाको मौसमी अनुमान अनुसार तराई तथा पहाडी भू९भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सचेत रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीमा झरेको छ । आज अधिकतम तापक्रम १९ देखी २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ९ गते (बिहीबार)

दिउँसो : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ का पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १० गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १ का पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : प्रदेश नं १ का पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ११ गते (शनिबार)

दिउँसो : प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : गण्डकि प्रदेश,लुम्बिनि प्रदेश, कर्णालि प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Recent Comments

No comments to show.