को हुन् उपाध्यक्षमा उम्मेदवारी दिन लागेका दुर्गाराज श्रेष्ठ

को हुन् उपाध्यक्षमा उम्मेदवारी दिन लागेका दुर्गाराज श्रेष्ठ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुर्गाराज श्रेष्ठ एक सफल उद्यमी हुन् । पछिल्ला दिनहरुमा उनी छोटो समयको अन्तरालमा नै व्यावसायिक नेतृत्व माझ लोकप्रिय बन्दै गएका छन् ।

व्यावसायिक नेतृत्वमा सफल बन्दै गरेका श्रेष्ठले पोखरा विश्वविद्यालयबाट एमबिए पूरा गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत बाग्मती प्रदेश समितिको आसन्न निर्वाचनमा वस्तुगत तर्फबाट व्यवसायी दुर्गाराज श्रेष्ठले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

दिलसुन्दर श्रेष्ठ नेतृत्वको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका उनी रुपमा निजी क्षेत्रका सबै किसिमका समस्या, वस्तुस्थिति र नीतिगत समस्याहरुलाई सल्ट्याउन सफल मानिँदै आएकाछन् । सबैलाई उचित सम्मान दिन सक्ने र कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनी व्यावसायिक समूह बीच लोकप्रिय पात्र हुन् ।

निजी क्षेत्रको पक्षमा विभिन्न भूमिकामा रही आवाज उठाउँदै आएका उनी एक हाल नेपाल उद्योग वाणिज्य संघ काठमाडौंमा सहकोषाध्यक्षको भूमिकामा समेत छन् ।

दोलखा स्थायी घर भएका उनले हाल कोटेश्वर स्थित गोधुली इन्टरप्राइजेज नामक फर्म सञ्चालन गर्दै आएका छन् । 

व्यावसायिक यात्राको क्रममा पछिल्ला दिनहरुमा उनी उत्पादनमूलक उद्योगमा समेत आफ्नो पाइला अघी बढाएका छन् । सहकारी क्षेत्रमा समेत आवद्ध रहेका उनी महासंघलाई सही दिशामा अघी बढाउन सक्षम र क्रियाशिल नेतृत्व चयनमा जागरुक रहन मतदाताहरुलाई आग्रह गर्छन् ।

नेपाल वितरक संघका उपाध्यक्ष रहेका दुर्गाराज श्रेष्ठ एक जागरुक युवा उद्यमी हुन् ।

Recent Comments

No comments to show.