नेपाल बैंकको १६ प्रतिशत लाभांश पाउन पुस १५ गतेसम्म शेयर किन्नुपर्ने

नेपाल बैंकको १६ प्रतिशत लाभांश पाउन पुस १५ गतेसम्म शेयर किन्नुपर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारण सभा र नगद लाभांशका लागि बुक क्लोज मिति तोकेको हो ।

बैंकको ६१औं वार्षिक साधारणसभा आगामी पुस २९ गते बस्दै छ । सभा सो दिन बिहान ११ बजे काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा बस्न लागेको हो ।

सभाले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, पुस १४ गतेसम्म कम्पनीको सेयर किनेका तथा सेयर होल्ड गरेका सेयरधनीहरुले सो मात्राको लाभांश पाउने छन् । उनीहरु बैंकको साधारणसभामा भाग लिन पनि पाउने छन् ।

बैंकले सभामा सहभागि गराउनको लागि जुम लिंक प्रदान गर्ने जानकारी गराएको छ । बैंकले १ अर्ब ३५ करोड ३९ लाख ३८ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर तथा ४५ करोड १३ लाख १२ हजार ८०० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

Recent Comments

No comments to show.