विमानस्थल विस्तारका लागि एडिबीको थप १७ अर्ब ऋण स्वीकृत

विमानस्थल विस्तारका लागि एडिबीको थप १७ अर्ब ऋण स्वीकृत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले नेपाललाई १५ करोड अमेरिकी डलर (करिब साढे १७ अर्ब रूपैयाँ) ऋण दिने भएको छ। नेपालका विमानस्थल क्षेत्रको विकासका लागि एडीबीले उक्त ऋण उपलब्ध गराउने भएको हो।

आज अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार एडीबीले साउथ एसिया सब रिजनल कर्पोरेसन (एसएसीईसी) अन्तर्गत उक्त ऋण दिने छ।

सम्झौताअनुसार प्राप्त हुने ऋण विमानस्थलको क्षमता विस्तार, ट्याक्सी वे र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन बनाउन प्रयोग गरिने छ।

यसैगरी, नदीजन्य प्रकोप रोक्नका लागि पाँच करोड डलर दिने भएको छ। जसअन्र्तगत चार करोड डलर सहुलियतपूर्ण ऋण र एक करोड डलर अनुदानमार्फत दिने सम्झौता भएको हो।

ऋण र अनुदानको रकम बाढी रोक्नका लागि प्रयोग गर्नुपर्ने छ। एडीबीले दिने ऋण सम्झौता ९० दिनपछि कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जानकारी दिएको छ।

Recent Comments

No comments to show.