काठमाडौं । मेगा बैंक नेपालले सुनचाँदी महिला व्यवसायीहरुलाई बिना धितो कर्जा दिने भएको छ ।
बैंकले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आवद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो र ब्याज अनुदानमा कर्जा दिने भएको हो ।
संघ र बैंकबीच मंगलबार यसै सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र संघका अध्यक्ष रमेश बहादुर शाक्यले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार महिला उद्यमीले १५ लाख रुपैयाँसम्म कर्जा पाउने छन् ।
संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउने जनाइएको छ । यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया