आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष ०८ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–नवमी,३७ घडी २९ पला,बेलुकी ०९ बजेर ४३ मिनेट उप्रान्त दशमी । नक्षत्र–रेवती,५८ घडी १६५ पला । योग–वरियान,२० घडी ५७ पला,दिउसो ०३ बजेर १६ मिनेट उप्रँन्त परिध । करण–बालव,बिहान ०८ बजेर ५६ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर ५३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २५ घडी ४९ पला । पाँगामा वैष्णवी देवी यात्रा ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा एक अर्का बीच मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशि सामानको व्यापारमा समान्य बृद्धि हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिद्यामा अरुलाई पछी पारेर अगाडी बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जीबन सुखि रहनेछ । व्यापार व्यावसाय बाट प्रशस्त लाभ लिन सकिनेछ । तरल पदार्थ,खाद्यान्न तथा औषधीजन्य सामानको व्यावसायमा लगानी गरी राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको नजिक रहेर काम गर्नेहरुका लागी समय राम्रो रहेकोछ । राज्यको सम्पती तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । मन परेको मानिसबाट उपाहार प्राप्तीको योग रहेकोछ । खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुती देखाउन सकिनेछ । माता पिताको समयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउमा समय खर्चनु पर्ने हुन सक्छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुने योग रहेकोछ । सामाजिक काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बोल्दा ध्यान दिनुहोला,बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने हुनाले काम गर्न मन लाग्ने छैन । शरिरमा आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा सवारी साधनको प्रयोग गर्दा सचेत हुनुहोला । धनमाल हराउने वा भौतिक सम्पती गुम्नसक्ने सम्भावना रहेकोछ । परिवारका सदस्य वा नजिकैको साथीले तपाईँलाई सहयोग गर्ने छैनन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । पुराना नउठेका रकमहरु उठ्ने तथा लामो समय देखि देखिएका स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने अबिश्वासहरु चिर्दै रमाउन पाउदा मन प्रशन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ । बौद्धिक चिन्तन तथा विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रतियोगिता तथा प्रतिस्पधामा विजयको योग रहेकोछ । छोराछोरीको पढाइ तथा स्वास्थ्य प्रति जिम्मेवारी बोध हुनेछ । नसोचेको ठाँउबाट धन आगमनको योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा केही समय पर्ख र हेरको रणनीति अपनाउदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्तसँग यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो तथा रमाईलो यात्राको तय हुने योग रहेकोछ । उत्पादिन उद्योग तथा व्यावसायमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुने हुँदा बिलाशि जीवन व्यातित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको डोरो कसिलो भएर जानेछ । बिद्यार्थि वर्गहरुले पढाइ लेखाइमा भनेजस्तो सुधार गर्न सक्नेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापारमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्ने जिम्मा तपाईको काधमा आउनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्नी बीच मायामा विस्वासको वातावरण बढेर जानेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
प्रतिक्रिया