नेकपा महाधिवेशन २०७८ मंसिर २ गते गर्ने निर्णय

नेकपा महाधिवेशन २०७८ मंसिर २ गते गर्ने निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन २०७८ मंसिर २ गतेका लागि तोकिएको छ।

प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।  

विवाद विभाजनसम्म पुगेको छ । बालुवाटारमा भेला भएको  ओली समूहको बैठकले  केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेको छ । 

हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहने निर्णय गरेको छ ।

महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने पुस  ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ । 

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ।

Recent Comments

No comments to show.