ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् । 

हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ ।  जुन  महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।

Recent Comments

No comments to show.