शोधनान्तर २० अर्ब ४६ करोड रुपैयाँ बचतमा

शोधनान्तर २० अर्ब ४६ करोड रुपैयाँ बचतमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक बर्षको चार महिनामा चालु खाता २० अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चार महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३४ अर्ब १२ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ९.३ प्रतिशतले कमी आई रु.४ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई रु.३ अर्ब ७५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ९२ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२७ अर्ब २९ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको छ ।

Recent Comments

No comments to show.