आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष ०७ गते । मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–अष्टमी,३३ घडी ०० पला,बेलुकी ०८ बजेर ०४ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तरभाद्रपदा,५२ घडी २३ पला,रातको ०३ बजेर ५० मिनेट उप्रान्त रेवती । योग–व्यातिपात,२० घडी ३३ पला,दिउसो ०३ बजेर ०६ मिनेट उप्रँन्त वरियान । करण– भद्रा,बिहान ०७ बजेर १९ मिनेट उप्रान्त बव,बेलुकी ०८ बजेर ०४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २५ घडी ४९ पला । बखुमद अष्टमी ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्ययम रहेको असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुने छैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घर परिवारमा आफन्तहरु वीच घरायसी कुरामा राय बाजिनेछ । राज्यबाट नजिक भई काम गर्नेहरुले ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडी देख्न पाउदा मन प्रफुल्लित हुनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । कृषि,पशुपालन तथा घरेलु काममा लिन व्यातित हुने योग रहेकोछ । व्यापारमा अरुदिन भन्दा सामान्य वृद्धि हुने योग रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खाद्यान्न तथा औषधिजन्य समानको व्यापार फस्टाएर जाने तथा भनेजस्तो आम्दानि हुनेछ । कार्यक्षेत्रमा तपाईंको कामको उच्च सम्मान हुनेछ भने तपाईंबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । गित संगीत तिर ध्यान जानेछ भने बाहिरी गतिबिधिमा भाग दिई नाम कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाइ लेखाइमा राम्रा प्रगती गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिशिष्ट तथा उच्च पदस्थ व्याक्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । पे्रम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा भावना साटासाट गरि समय व्यातित गर्न सकिनेछ । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यका दृष्टिकोणले समय राम्रो रहेकोछ भने पुराना स्वास्थ्य सम्बन्धी हल भएर जानेछ । व्यापारमा बृद्धि हुनाले आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गरि नाम कमाउन सकिनेछ । मावली र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनाले मन प्रशन्न हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मत भिन्नताको समाप्ति हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ भने वंश बृद्धिको गतिलो योग रहेकोछ । जानकार व्यक्ति वा गुरुजनको सहयोगले आत्मबल बढ्ने तथा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बन्दव्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनेछ । भौतिक सम्पती तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि
समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ तरपनि आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । राम्रै आम्दानि हुने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा आफन्तसँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउन सकिनेछ । आट तथा साहस बढेर जानेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मान प्रशन्न हुनेछ । अध्ययनमा प्रगति भएर जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खाद्यान्न,पानि तथा औषधिजन्य व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा मन्दि आउनेछ । तरपनि खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिस्पर्धीको मनोबल गिराउदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
प्रतिक्रिया