प्राईम कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांस दिने

प्राईम कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांस दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राईम कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने बताएको छ । 

बैंकको आईतबार बसेको संचालक समितिको भर्चुअल बैठकले उक्त लाभांस वितरण गर्ने निर्णय गरेको हो । बैंकले आर्थिक बर्ष २०७६/७७ को संचित मुनाफाबाट उक्त लाभांस वितरण गर्ने भएको छ ।

बैंकले आफ्नो चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५ सय रुपैयाँको १५ प्रतिशत अर्थात २ अर्ब ९ करोड ७७ लाख ८७ हजार ४ सय २५ रुपैयाँबराबरको बोनस सेयर दिन लागेको हो । बैंकले उक्त लाभांस भने नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको साधारणसभाले पारित गरेपछि वितरण गर्ने जानकारी दिएको छ ।

Recent Comments

No comments to show.