हुम्ला। हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलालाई सहज भएकाे छ।
विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएका छन्।
सुत्केरी व्यथा लागेर घरमै थला पर्ने र ज्यानै जानसक्ने अवस्थाको अन्त्य भएको छ।
विगतका वर्षमा दूरदराजमा रहेका महिलामा सुत्केरी व्यथा लागेको बेला आफ्नो व्यक्तिगत खर्चमा जिल्ला बाहिर जानुपर्ने अवस्था अब हटेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा एयर लिफ्टिङको व्यवस्था गरी जिल्लामा सुत्केरी व्यथा लागेर जटिल समस्या आएकाको उपचार गर्दा समस्या समधान भएको छ।
यसअघि परम्परागतरूपमा गाउँमै स्थानीय महिलामार्फत बाध्यताले सुत्केरी गराउने चलन थियो। त्यो सबै सफल भएको देखिँदैन थियो।
स्वास्थ्यचौकी इञ्चार्ज धनराज ढकालका अनुसार प्रसूति सेवा सञ्चालन भएलगत्तै एक वर्षमा १३० महिलाले प्रसूति सेवा लिएका छन्।
प्रसूति सेवाका लागि यही साउन महिनायता मात्रै दुईजना अनमीको व्यवस्था गरिएको छ।-रासस
प्रतिक्रिया