संसद विघटन भएपछि ९७ अंकले घट्यो नेप्से

संसद विघटन भएपछि ९७ अंकले घट्यो नेप्से

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ९६.८८ अंकले घटेर १ हजार ९ सय ६५.६४ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ४.७७ प्रतिशत कम हो ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स १६.३९ अंकले घटेर ३६९.५५ अंकमा झरेको छ । यो संख्या विहिवारको तुलनामा ४.२५ प्रतिशत कम हो ।

आज कारोबारमा आएका सबै उपसमुहको सूचक घट्यो । आइतवार सबैभन्दा धेरै अन्य समुहको सूचक घट्यो । अन्यको सूचक ८.३९ प्रतिशत द्धट्यो । त्यस्तै, जलविद्युत समुहको ६.६८ प्रतिशत घट्यो ।

आइतवार १ सय ९८ कम्पनीको १ करोड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

Recent Comments

No comments to show.