नेपाल इन्भेष्टमेन्ट बैंकले १८.५ प्रतिशत लाभांश दिने

नेपाल इन्भेष्टमेन्ट बैंकले १८.५ प्रतिशत लाभांश दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले १८.५ प्रतिशत लाभांश दिने भएको छ । 

बैंक सञ्चालक समितिको केही समय अघि बसेको बैठकले गतवर्षको नाफाबाट आफ्नो १४ अर्ब २४ करोड ८९ लाख चुक्ता पुँजीको आधारमा २ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो । 

उक्त लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र ५.५ प्रतिशत नगद वितरण गरिने बैंकले जनाएको छ । सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । 

सो लाभांश वितरण भएपछि बैंकको चुक्ता पुँजी १६ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

Recent Comments

No comments to show.