लक्ष्मी बैंकले ल्यायो नेपालमै पहिलोपटक कार्डरहित एटिएम, मोबाईल एप प्रयोग गरेर एटिएमबाट पैसा झिक्न सकिने

लक्ष्मी बैंकले ल्यायो नेपालमै पहिलोपटक कार्डरहित एटिएम, मोबाईल एप प्रयोग गरेर एटिएमबाट पैसा झिक्न सकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा, लक्ष्मी बैंकले नेपालमै पहिलोपटक कार्डरहित एटिएम ल्याएको छ ।

बैंकले एटिएम कार्डको विकल्प को रुपमा एक नौलो प्रविधि भित्र्याएको हो । बैंकको मोबाईल एप प्रयोग गरेर कार्ड बिना नै एटिएमबाट पैसा झिक्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार आफ्नो एप मोबाइल मनीमा लग इन गर्नेबितिकै ‘कार्डलेस विथ ड्र’ भन्ने अप्सन देखाउनेछ, जसमा क्लिक गरी आफूलाई चाहेजतिको रकम लेख्नुपर्नेछ ।

यसरी रकम लेखिसकेपछि कन्फर्म गर्नका लागि आफ्नो एम पिन वा फिंगर-प्रिन्ट स्क्यान गर्नुपर्नेछ ।

यति गरिसकेपछि आफ्नो फोनमा ओ.टि.पि. कोर्ड एसएमएसको रुपमा प्राप्त गर्न सकिन्छ, जसलाई कारोबार नसकेसम्म सुरक्षित राख्नुपर्ने हुन्छ । प्राप्त भएको सो ओटिपी कोड केही समयसम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ ।

यति गरिसकेपछी एटिएम बुथमा पनि कार्ड हाल्नु अगाडि नै ‘कार्डरहित’ भन्ने अप्सन देख्न सकिन्छ, र सो अप्सन छानिसकेपछि आफ्नो मोबाइल मनि मा दर्ता भएको नम्बर हाल्नुपर्ने हुन्छ ।

त्यसपछि प्राप्त ओ.टि.पी कोड र मोबाइल मनीमा अनुरोध गरिएको रकम हालेपछि एटिएमबाट नगद प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

कार्ड बोकी राख्न नपर्ने यो नौलो प्रविधि र सुविधाका ले कारणबस आफ्नो कार्ड बिर्सिए पनि स्मार्ट कार्डरहित एटिएम बाट पैसा झिक्न सकिनेछ लक्ष्मी बैंकको एटिएममार्फत आफूले चाहको ठाउँमा सजिलै पैसा पठाउन पनि सकिने सुविधा पनि बैंकले ल्याएको र भविष्यमा नयाँ प्रयोगहरु पनि ल्याउने जनाएको छ ।

नयाँ डिजिटल सुविधाको साथमा लक्ष्मी बैंक डिजिटल बैंकिंगमा अझै अग्रगामी रुपमा रहेको देखिन्छ।

Recent Comments

No comments to show.