काठमाडौं। इङ्लिस प्रियिमर लिगको महारथी क्लब आर्सनलको खराब प्रदर्शनले गएराति पनि निरन्तरता पाएको छ। आर्सनलले एभर्टनलाई २-१ को नतिजा सुम्पिएको हो।
आर्सनलका रब होल्डिङले गरेको आत्मघाती गोलमा एभर्टनले २२औं मिनेटमा अग्रता लिएको थियो।
३५औं मिनेटमा निकोलस पेपेले पेनाल्टीमा बरबरी गोल फर्काए। पहिलो हाफको अन्तिम मिनेटमा यारी मिनाले गरेको गोल एभर्टनलाई जिताउन पर्याप्त बन्यो।
जितपछि एभर्टन दोस्रो स्थानमा उक्लिएको छ। एभर्टनले १४ खेलबाट २६ अंक जोडेको छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा पाँच अंकले पछाडि हो।
आर्सनल भने १४ खेलबाट १४ अंक जोडेर १५औं स्थानमा छ। जुन रेलिगेसन क्षेत्रको बर्नलीभन्दा चार अंकले मात्र हो।
हारसँगै आर्सनलले लिगमा ४५ वर्ष यताकै खराब प्रदर्शन गरेको छ। खेलेको १४ मध्ये आठ खेलमा आर्सनल पराजित भएको छ। दुई बराबरी गरेको छ भने चार खेलमात्र जितेको छ।
प्रतिक्रिया