कांग्रेस प्रवक्ता शर्माले अब टेलिभिजन कार्यक्रम होस्ट गर्ने

कांग्रेस प्रवक्ता शर्माले अब टेलिभिजन कार्यक्रम होस्ट गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब टेलिभिजन कार्यक्रम चलाउने भएका छन्। होराइजन मल्टी मिडियाको निर्माणमा बन्न लागेको कार्यक्रम ‘ऐना’ उनले सञ्चानल गर्न लागेका हुन्। 

बोक्सी प्रथा, बलात्कार, जातीय विभेद, चेलीबेटी बेचविखन, बालश्रम, दाइजो, छाउपडी, घरेलु हिंसा लगायतका सामाजिक कुरीतिमा गम्भीर बहस गर्ने उद्देश्श्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। 

माघ ७ गतेदेखि हरेक बुधबार कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण हुने उक्त कार्यक्रम २६ एपिसोडसम्म हुनेछ। 

अनमप्रताप अधिकारीको निर्देशन रहेको उक्त कार्यक्रममा विश्वप्रकाशले सामाजिक कुरीति अन्त्यका लागि गम्भीर बहस गर्नुका साथै निदान सुत्रको समेत खोजी गर्ने प्रयास गर्नेछन्। दल आफ्नो ठाउँमा छ, देश दिलमा छ भन्ने अभिप्रायले उनी कार्यक्रम चलाउन तयार भएका हुन्। 

“इतिहासमा ती प्रथम महिलाको को थिइन्, जसलाई सबैभन्दा पहिला जिउँदैं जलाइयो? तिनी जो भए पनि मेरी आमा थिइन् होला, भविष्यमा अन्तिम महिला को हुनेछिन्, जसलाई सबैभन्दा अन्तिममा जलाइनेछ? तिनी सायद मेरी छोरी हुनेछिन्। म यो हुन दिन्नँ। विद्रोही कवि रमाशंकरका यिनै भावका साथ कार्यक्रम  गर्न लागिएको हो,” विश्वप्रकाशले भने। 

Recent Comments

No comments to show.