नेपाल टेलिकमले ल्यायो एफटीटीएच-जाडोमा न्यानो अफर

नेपाल टेलिकमले ल्यायो एफटीटीएच-जाडोमा न्यानो अफर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले आफ्ना एफटीटीएच इन्टरनेट सेवाका ग्राहकका लागि विशेष अफर ल्याएको छ ।

नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको हो । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप प्राप्त हुने छ । यो अफर हिजोदेखि कार्यान्वयनमा आइसकेको छ ।

एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नती गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३०० एमबी डाटा उपलब्ध गराइने छ । त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक ऋएभ् र १०० मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुनेछ ।

यसका लागि ग्राहकले एफटीटीएच आवेदन फारामको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । यसअघि नै कायम रहेका ग्राहकले आफ्नो मोबाइल नम्बर नजिकको दूरसञ्चार कार्यालयमा उपलब्ध गराउन सक्नेछन ।

एफटीटीएच जडान भएपश्चात् सो नम्बरमार्फत *1416# डायल गरी प्राप्त निर्देशन बमोजिम प्रतिदिन ३०० एमबी निःशुल्क डाटा एक्टिभ गर्न सकिनेछ । यो डाटा टुजी/थ्रीजी/फोरजी सबै नेटवर्कमा, २४सैं घण्टा सबै किसिमका विषयका लागि उपयोग गर्न सकिन्छ ।

मोबाइलमा एकपटक दैनिक निःशुल्क डाटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा एक वर्षसम्म हरेक दिन ३०० एमबी डाटा स्वतः निःशुल्क उपलब्ध हुनेछ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तैगरी मोबाइलमा निःशुल्क डाटा प्याक एक्टिभ गर्न सक्नेछन् ।

हाल नयाँ एफटीटीएच लाइन जडान गरी एक वर्षको लागि २० एमबीपीएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिंदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबीपीएस लगायत २५, ५० र ६० एमबीपीएसका सेवामा पनि उपलब्ध छ ।

एफटीटीएच–जाडोमा न्यानो अफर लिने ग्राहकले वार्षिक रुपमा १३ हजार रुपैयाँमा अत्यधिक सुविधा उपयोग गर्न पाउनेछन् । यस अफरमा दैनिक ३ सय एमबीपीएस डाटा (प्रचलित मूल्य वार्षिक रुपमा रु. १० हजारभन्दा बढी), निशुल्क पाइने सिपीई (प्रचलित मूल्य रु. २,८२५) र एकसय मिटर ड्रप फाइबर (प्रचलित मूल्य रु एक हजार) गरी कूल रु. १३ हजारभन्दा बढी रकम बराबरको सहुलियत प्राप्त हुनेछ ।

एफटीटीएच सेवामा उपलब्ध सबै प्याकेजहरु र सोको मूल्य सम्बन्धी विवरण नेपाल टेलिकमको वेबसाइटमा रहेको लिंक https://ntc.net.np/tariff/ftth-tariff मा उपलब्ध गरिएको छ ।

Recent Comments

No comments to show.