मौसम पूर्वानुमान : देशको पश्चिम तथा मध्य तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने

मौसम पूर्वानुमान : देशको पश्चिम तथा मध्य तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आज देशको पश्चिम तथा मध्य तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

यस्तो छ तीन दिनको पूर्वानुमान

पौष ५ गते (आइतबार)

दिउँसो : प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ६ गते (सोमबार)

दिउँसो : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ७ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ । साथै तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

Recent Comments

No comments to show.