खुमलटार छलफलः आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा अस्वीकार

खुमलटार छलफलः आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा अस्वीकार

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पार्टीभित्र देखिएको विवाद र प्रचण्ड–नेपाल समूहले आफूमाथि दबाब बढाएपछि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट र छलफल बढाएका छन्।

शनिबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शनिबार बिहान प्रचण्ड निवासमै पुगेर भेटघाट गरेका थिए ।  

भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पहिलो पटक पुगेका थिए।

दुई अध्यक्षबीचको भेटवार्तामा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका थिए।  प्रचण्डलाई भेटेर सचिवालय बैठकमा पेश गरेको लिखित आरोपपत्र फिर्ता लिन आग्रह गरेका छन् ।

जवाफमा अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भइसकेको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटीको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्ने बताए स्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा दुई अध्यक्षबीच छलफल भएको हो । खुमलटारमा दुई अध्यक्षबीचको छलफल चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । ओली र गौतम प्रचण्डनिवासबाट बाहिरिएलगत्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए ।

पछिल्लो समय ओली प्रचण्डबीच लिखित प्रस्तावको दोहोरी चलिरहेका बेला ओलीले संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश जारी गरेपछि नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेको छ । त्यस लगत्तै ओलीले नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्।

शनिबार बिहान कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका प्रधानमन्त्री ओली प्रचण्डसँगको भेटपछि सिधैँ गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका हुन्।

पार्टीभित्रको आन्तरिक विवाद चरोमत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार र  थापालाई मन्त्रीनिवास पुल्चोकमा नै पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा भेटवार्ता भएको थियो। 

Recent Comments

No comments to show.