काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
उनले बिहीबार साँझको लागि बैठक डाकेका हुन् ।
बैठकमा गत मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीलगायतका विषयमा छलफल तथा निर्णय हुने बुझिएको छ ।
अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधानअनुरुप मन्त्रिपरिषद्ले सोबारे निर्णय गर्न लागेको बताइन्छ ।
यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले सो अध्यादेश फिर्ता लिन निर्देशन दिएको थियो ।
प्रतिक्रिया