तराई मधेशको आर्थिकस्तर उकास्न सरकार लागिपरेको छ : मन्त्री नेम्वाङ

तराई मधेशको आर्थिकस्तर उकास्न सरकार लागिपरेको छ : मन्त्री नेम्वाङ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तराई मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताएका छन्।

सोमबार सिरहाको गोलबजार-जम्दह-लगडीगदियानी सडक निर्माण कार्यको  शिलान्यास गर्दै उनले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाहरु अघि सारेको बताए।

‘‘बजेट पर्याप्त छ, भएको बजेटलाई समयमै सकाउन सकिए विकासको लहर आउँछ,” मन्त्री नेम्वाङले भने, “त्यसका लागि जनप्रतिनिधि इमानदार हुनुपर्छ।”

उनले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सिरहामा मात्र चालु आर्थिक वर्षमा ३२ वटा विकासका योजनाहरु ल्याएको जानकारी दिँदै सिरहा, सप्तरी, धनुषालगायत मधेशका सबै जिल्लाहरुलाई प्राथमिकतामा राख्दै विकास अगाडि बढाएको बताए।

वर्तमान सरकारकै पालामा पूर्वपश्चिम राजमार्ग ६ लेन, तराईमा राष्ट्रिय रेलमार्ग निर्माण, प्रदेश नं २ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सिरहाको कर्जन्हाको बन्दीपुर उत्तरबाहिनी सडकलाई सिन्धुली, दुधौली र कटारी जोड्ने सडक छिटै विस्तार गरी सडक सञ्जालमार्फत तराई मधेश, पहाड र हिमालको सम्बन्धलाई विस्तार गर्ने बताए।

कार्यक्रममा महिला तथा बालबालिकामन्त्री लिलानाथ श्रेष्ठले सरकारले प्रदेश नं २ लाई प्राथमिकता राखेर अधिकांश योजनाहरु बनाएको उल्लेख गर्दै तराई मधेशको लाइफलाइनको रुपमा रहेको हुलाकी राजमार्गको कार्य तीव्र रुपमा भइरहेको बताए।

सिरहाको गोलबजारदेखि लगडीगदियानीसम्मको करिब २५ किलोमिटर सडक छिट्टै कालोपत्रे गरिने योजना रहेको सडक विभागले जनाएको छ।-रासस

Recent Comments

No comments to show.