धनगढीकी दुलही टिकटकमा भाइरल, को हुन् त यी हँसिली चेली ? पहिलोपटक मिडियामा आइन् आमा छोरी !

धनगढीकी दुलही टिकटकमा भाइरल, को हुन् त यी हँसिली चेली ? पहिलोपटक मिडियामा आइन् आमा छोरी !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी | ‘पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु। अचार पनि, धेरै खान्या हुँ । हिजो कम खाँ हुँ नि मैले ! धेरै खान्या हुँ । नरुनु ।’ दुलहीले कारबाट आमालाई सम्झाउँदै भनेको यो भिडियो अहिले निकै चर्चामा आएको छ। ‘विचार गरेस् है आफ्नो। आफ्नो शरीर स्वस्थ एपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भिडियोमा दुलहीको गाला सुम्सुम्याउँदै आमाले भनेको देख्न सकिन्छ। टिकटक र फेसबुकमा भाइरल भइरहेको यो भिडियो कसको हो ? भन्ने कुरा अहिले निकै चासोको विषय बनेको छ। सारामल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वजनिक भएको यो भिडियो भाइरल भइरहेकै बेला फेरी अर्को भिडियो पनि सार्वजनिक भएको छ। जुन भिडियोमा उनी पूर्व वाचा अनुसार माइतीघर आएको देख्न सकिन्छ भने आमाको हातबाट खिरपुरी र अचार पनि खाएकी छन् ।

यी दुवै भिडियो टिकटक हुँदै सामाजिक सञ्जाल फेसबुक इन्स्टाग्राम ट्विटर आदीमा अहिले भाइरल भइरहेका छन्। उनको पहिलो भिडियो टिकटकमा मात्र ३९ लाख पटक हेरिएको छ। सो भिडियाले ४ लाख ७७ हजार लाइक पाएको छ। १४ हजार हजार ३ सय जनाले शेयर गरेका भिडियोमा ६ हजार ६ सय १८ कमेन्ट छन्। दोस्रो भिडियो टिकटकमा मात्र १० लाख पटक हेरिएको छ। १ लाख ३ हजार ३ सय जनाले लाइक गरेको सो भिडियोमा १ हजार ३ सय ४९ जनाले शेयर गरेका छन् भने ८ सय ८८ जनाले कमेन्ट गरेका छन्।

को हुन् भाइरल दुलही ?

टिकटकमा भाइरल दुलहीको माइतीघर धनगढी हो। धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभरीको मंसिर २२ गते विवाह भएको थियो। माइतीघरबाट जन्ती बिदाइ गर्ने बेला शान्तिकी साथी सारा मल्ल ठकुरीले उनलाई सरप्राइज दिन जानकारी समेत नदिएर त्यो भिडियो कैद गरेकी थिइन्।

Recent Comments

No comments to show.