राष्ट्रपतिलाई गगन थापाको चुनौती : ‘ हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न तयार होइबक्सियोस्’ !

राष्ट्रपतिलाई गगन थापाको चुनौती : ‘ हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न तयार होइबक्सियोस्’ !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य गगन थापाले राष्ट्रिपतिलाई काठमाडौमा आफूसँग चुनाव लडन चुनौती दिएका छन्।

नेपाली कांग्रेसले सरकारविरुद् देशव्यापीरुपमा गरेको शक्ति प्रदर्शन गरिरहेको अन्तर्गत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

सभामा सम्बोधन गर्दै नेता गगन थापाले भने- ‘म मदन भण्डारीको शब्द सापटी लिएर भन्छु, महारानी सितल निवासबाट आँखा नझिम्क्याइ बक्सियोस्, काठमाडौमा आफूसँग चुनाब लडन तयार होइबक्स्योस्।’

उनले राष्ट्रपतिले आफ्नो गरिमा बिर्सिएर नेकपाको गुटको झगडा मिलाउने मध्यस्तकर्ताको भूमिका निभाईरहेको आरोप लगाए ।

प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मा राष्ट्रपतिको नभएको भन्दै उनले भने, ‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबस्क्योस् ।’

संसदमा दुईतिहाइ बहुमत रहेको, ४ सय भन्दा बढी स्थानीय तहमा सरकार बनाएको र ७ मध्ये ६ वटा प्रदेश जितेको नेकपाको सरकार नालायक सावित भएको दाबी गरे ।

‘यो सरकार बाहिर भ्रष्टाचार गर्दिन भन्छ तर, बाइडबडी जहाज खर्लप्पै खान्छ, सेक्युरिटी प्रेसमा भ्रष्टाचार गर्छ र बालुवाटार जग्गा समेत खर्लप्प खान्छ। त्यतिमात्र होइन अहिलेसम्म नभएको बजेटभाषण अघि व्यापारीलाई बोलाएर राजस्वको दर तलमाथि गर्छु भनेर पोस्ने काम गर्छ,’ उनको आरोप थियो।

‘राजा आऊ, देश बचाऊ’ भन्नेहरुलाई उनले भने, २०५९ सालमा राजाकै कारण आन्दोलनामा लाग्नुपरेको बताए।

‘राजा त फाल्यौं, राष्ट्रपति फाल्न हामी सक्छौं,’ थापाले भने। तर, यो भन्दैमा राजा आउ देश बचाउ भन्न नमिल्ने थापाको भनाइ छ । उनले प्रश्न गरे– आफैलाई बचाउन नसकेका राजाले कसरी जनतालाई बचाउन सक्छन्?

Recent Comments

No comments to show.