पुस १० गतेबाट सिनेमा हल खोल्ने चलचित्रकर्मीको घोषणा

पुस १० गतेबाट सिनेमा हल खोल्ने चलचित्रकर्मीको घोषणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। चलचित्रकर्मीहरूले आगामी पुस १० गतेदेखि सिनेमा हल खोल्ने घोषणा गरेका छन्। 

गत चैतमा लकडाउन गरेयता सिनमा क्षेत्र बन्द छ। सरकारले तत्काल हल खोल्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन। बारम्बार सिनेमा हल खोल्न अनुरोध गरे पनि सरकारले चासो नदिएपछि नेपाल चलचित्र संघले पुस १० गतेबाट हल खोल्ने निर्णय गरेको हो।

संघले आज पत्रकार सम्मेलन गर्दै सरकारलाई दबाब दिन निर्णय गरिएको जानकारी दिएको छ। महामारीका कारण सबैभन्दा बढी चलचित्र क्षेत्र प्रभावित भएको भन्दै संघले सरकारलाई दबाब दिन हल खोल्ने निर्णय गरिएको संघका अध्यक्ष मधुसूदन प्रधानले बताए।

वर्तमान समयमा लकडाउन पूर्णरूपले हटाई मुलुकभर हवाई यातायात, बस व्यवसाय, होटल, रेस्टुरेन्ट, मन्दिर, चिडिया घर, व्यापार व्यवसाय तथा सम्पूर्ण उद्योग कलकारखाना पूर्णरूपमा सञ्चालनमा आइसकेको तर चलचित्र क्षेत्र अझै बन्द गरिएको भन्दै आक्रोश व्यक्त गरे। चलचित्र हल सञ्चालनका लागि चलचित्रकर्मीहरूले सरकारसमक्ष आग्रह गरेका थिए। तर, सरकारले आजसम्म पनि चलचित्र हल सञ्चालन गर्ने विषयमा चासो उनको भनाइ छ।

 सरकारले चाँसो नदिँदा बाध्य भएर स्वास्थ्य मापदण्ड अपनाउँदै पुस १० गतेदेखि हल सञ्चालन गर्ने तथा चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए।

संघका महासचिव अशोक शर्माले सिनेमा हल खोल्दा सरकारले बल प्रयोग गरे आफूहरू पक्राउ पर्न तयार रहेको बताए। अहिले हल खोलेर पुराना चलचित्र चलाउने उनको भनाइ छ। ५० प्रतिशत अकुपेन्सी राखेर हल खोल्ने भन्दै त्यस्तो गर्दा सरकारले बल प्रयोग गरे त्यसको नतिजा झन खतरनाक हुने उनले बताए। 

सिनेमा हल खोल्दा सुरक्षाका विधि अपनाएर मात्र अघि बढ्ने उनको भनाइ छ।

Recent Comments

No comments to show.