काठमाडौं । नेपालमा थप ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ भने अहिलेसम्म २ लाख ३६ हजार ५७३ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७१६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ८४२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रतिक्रिया