सेयर बजारमा उछाल, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा उछाल, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

सोमबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ५६.७२ अंकले बढेर २०६७.१७ विन्दुमा कायम भएको हो ।

यसदिन २०२ कम्पनीको ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९ सय २३ रुपैयाँको कारोबार भएको छ । १ करोड २८ लाख ८८ हजार ६६  कित्ता सेयर किनबेच भएका छन् । केहि दिनदेखि घटेको कारोबार भने पुरानै लयमा फर्किएको छ । 

कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक उकालो लागेका छन् भने १ समूहको परिसूचक ओरालो लागेका छन् । 

जलविद्युत समूहबाहेक सबै समूहको परिसूचकमा हरियाली छाउदा नेप्से परिसूचक उकालो लागेको हो । यसदिन जलविद्युत समूहका लगानीकर्ताहरुले १।२१ प्रतिशत गुमाए ।

Recent Comments

No comments to show.