काठमाडौं । सरकारले पुन पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।
भारतीय आयल कर्पोरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ। भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४-४ रूपैयाँ बढाएर पठाएको निगमको भनाई छ।
बढेको मुल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया