भक्तपुरमा पुस १ देखि ८, ९ र १० का कक्षा सञ्चालन हुने

भक्तपुरमा पुस १ देखि ८, ९ र १० का कक्षा सञ्चालन हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर। कोरोना महामारीको जोखिमका कारण लामो समयदेखि बन्द रहेका भक्तपुरका विद्यालयहरू आगामी पुस १ बाट आवश्यक स्वास्थ्य मापदण्ड अपनाई खुल्ने भएको छ। 

नगर क्षेत्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालनको सुरूवात गर्ने निर्णय नगर शिक्षा समितिको एक बैठकले गरेको नगरपालिकाले जनाएको छ। यसका लागि उक्त समितिले विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरेको थियो।

विद्यार्थी सङ्ख्या १०० भन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालन गरिने भएको हो। हाल ती विद्यालयहरूमा अनलाइन र भर्चुअल माध्यमबाट कक्षा सञ्चालन भइरहेको छ। 

नगरवासी अभिभावक, विद्यार्थी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यालय सञ्चालकलगायत सरोकारवालाहरूबाट प्राप्त राय सुझाव र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ बमोजिम यस्तो निर्णय गरिएको पनि नगरपालिकाले जनाएको छ। यसरी आलोपालो गरेर कक्षा सञ्चालन गर्नेसँगै विद्यालयहरूले हाल सञ्चालन गरिरहेको वैकल्पिक शिक्षण विधिलाई समेत निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

विद्यालय सञ्चालन अन्योल भइरहेको बेला नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी तथा अभिभावक संघका प्रतिनिधिहरूसँग पनि चरणबद्ध छलफल गरी सुझावहरू संकलन गरेको थियो। प्राप्त सुझावहको आधारमा उपरोक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

Recent Comments

No comments to show.