३४ हजारले कोरोना बीमा दाबी गर्दा ८ हजारले मात्रै भुक्तानी पाए, कागजात पूरा गर्न आग्रह

३४ हजारले कोरोना बीमा दाबी गर्दा ८ हजारले मात्रै भुक्तानी पाए, कागजात पूरा गर्न आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना बीमा भुक्तानी नपाएको भन्दै गुनासो बढिरहेको बेला ३४ हजार दाबीमध्ये ८ हजारले भुक्तानी पाएका छन् ।

अर्थ मन्त्रालयले पनि पटक–पटक ताकेका गरिरहे पनि कोरोना बीमा भुक्तानीमा ढिलाईको कारण बीमित नै रहेको बीमा समितिले निष्कर्ष निकालेको छ ।

बीमा कम्पनीहरूले मापदण्डबाहिर रहेर भुक्तानी दिन नमिल्ने भएकाले ढिला भएको भन्दै सबै कागजात पेस गर्न अनुरोध गरेको छ ।

बीमा समितिको तथ्याँकअनुसार बुधबारसम्म ८ हजार १ सय ४५ जना बीमितले कोरोना बीमाको दाबी भुक्तानी पाएका हुन् । सो दिनसम्म ३४ हजार दाबीमध्ये १७ हजार दुई सय ३५ जनाको मात्रै सबै कागजात मिलेको समितिले जनाएको छ ।

बीमा मागदाबी गर्ने र भुक्तानी पाउनेको यो अनुपात करिब ४७.२६ प्रतिशत हो । अझै ५२.७४ प्रतिशतले भुक्तानी पाउन बाँकी रहेको अवस्था छ ।

अहिले कागजात पूरा भएर पनि बीमा मागदाबी भुक्तानी पाउन बाँकी रहेको बीमित ९ हजार ९० जना रहेको छ, उक्त संख्यामध्ये ४ हजार १ सय ५२ जनाको माग दाबीको भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभागमा पठाइएको छ । त्यसरी पठाइएको मध्ये २ हजार ४ सय ९३ जनाको दाबी भेरिफिकेसन भएर आइसकेको बीमा समितिले जनाएको छ ।

कोरोना महामारीको संक्रमण सबैभन्दा धेरै असोज र कात्तिक महिनामा देखिएको थियो । सो संक्रमणकोे बेलामा बीमा कम्पनीका कर्मचारीहरु समेत आफै संक्रमित हुन पुगेकाले दाबी भुक्तानीकालागि केही समय धैर्यता गर्नु पर्ने बीमा समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिमालेख खरिद गरेका बिमितहरुले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेका सम्पूर्ण कागजातसहित सम्बन्धित बिमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित कम्पनीले सबै कागजात पूरा भए/नभएको यकिन गरी कागजात पूरा भएका फाइलको भुक्तानीका लागि बीमा पुल व्यवस्थापक कम्पनीमा पठाउनु पर्नेमा केही फाइलमा कागजात पूरा नभएकोले बिमाको दाबी भुक्तानीमा ढिलाइ भएको समितितको भनाइ छ। समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्र पठाउन निर्देशनसमेत दिएको छ।

हाल कोरोना बीमामा बीमितहरुको उल्लेख्य सहभागिता भएपनि सो बीमा दाबी भुक्तानी भने बीमितको अपेक्षा अनुसार हुन सकेको छैन । बैशाखको पहिलो सातादेखि संचालनमा आएको कोरोना बीमामा भदौ अन्तिम सातादेखि मोडेल परिवर्तन गरिएको थियो ।

अर्थ मन्त्रालयले नै कोरोना बीमाको दाबी भुक्तानी दु्रत गतिमा हुनु पर्ने भन्दै बीमा कम्पनीहरुले एक साता भित्र कोरोना बीमाको दाबी भुक्तानी गर्नु पर्ने बताएको थियो । साथै, सोही निर्णयमा परिवर्तन गरी गत साता मात्रै कोरोना बीमाको दाबी भुक्तानी ३ दिन भित्र गर्न अर्थ मन्त्रालयले निर्देशन नै दिइसकेको छ ।

Recent Comments

No comments to show.