सेयर बजारमा दोहोरो अंकको करेक्शन, पुनर्बीमा कम्पनीले बनायो कारोबारमा कीर्तिमान

सेयर बजारमा दोहोरो अंकको करेक्शन, पुनर्बीमा कम्पनीले बनायो कारोबारमा कीर्तिमान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा बिहिवार पुनर्बीमा कम्पनीले नयाँ रेकर्ड कायम भएको छ । आज पुनर्बीमा कम्पनीले कुल १ अर्ब ११ करोड रुपैयाँको कारोबार गर्यो । यसभन्दा अघि एउटा कम्पनीले सबैभन्दा धेरै ८८ करोड सम्मको शेयर कारोबार गरेको थियो ।

बिहिवार पुनर्बीमाको शेयर मूल्य भने घट्यो । आज पुनर्बीमाको शेयर मूल्य २३ रुपैयाँले घट्दै प्रतिकित्ता १७३५ रुपैयाँ कायम भएको छ ।

आज नेप्से परिसूचक १५.५७ अंकले घटेर २०५५.४५ अंकमा झर्यो । बिहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स ३.७६ अंकले घटेर ३ सय ९२.२९ अंकमा झर्यो ।

बिहिवार सबैभन्दा धेरै अप्पर तामाकोशी हाइड्रोपावरका शेयर धनीले कमाए । हाइड्रोपावरको शेयर मूल्य ९.९५ प्रतिशत बढ्यो । त्यस्तै, नेपाल शिव लघुवित्तको ९.०६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका शेयर धनी छन् । विशाल बजारको शेयर मूल्य ६.९७ प्रतिशत घट्यो । त्यस्तै, साल्ट ट्रेडिङको ६.९४ प्रतिशत घट्यो ।

आज २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५ सय ६० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७ सय ९८ रुपैयाँको कारोबार भयो ।

Recent Comments

No comments to show.