माउन्टेन इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै , ५ जनालाई ११ कित्ता शेयर

माउन्टेन इनर्जीको आईपीओ आज बाँडफाँड हुँदै , ५ जनालाई ११ कित्ता शेयर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको आईपिओ आज १० बजे बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सो जानकारी अनुसार क्यापिटलको कार्यालय नक्सालमा बिहान १० बजे आईपीओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेको र गोलाप्रथाबाट शेयर बांडफाँड हुने क्यापिटलले जनाएको छ । जस अनुसार १ लाख ८३ हजार २६ जनाले शेयर पाउने छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाउने छन् भने बाँकिले १० कित्ता शेयर पाउने छन् ।

कम्पनीले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको विवरणपत्रमा अनुसार आर्थिक वर्ष २०७८.७९ मा प्रतिशेयर आम्दानी ३६.८० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६५.२८रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ । आयोजनामा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी छ ।

Recent Comments

No comments to show.