काठमाडौं । सोमवार शेयर बजारको नेप्से अंकमा नयाँ रकेर्ड कायम भएको छ । सोमवार नेप्से परिसूचक २८ दशमलव ७९ बढेर १ हजार ९ सय ९७ दशमलव ०६ अंकमा परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशत बढी हो ।
सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले बढेर ३ सय ८५.५६ अंकमा पुगेको छ ।
आज कारोबारमा आएका मध्ये बैंकिङ्ग, विकास बैंक, फाइनान्स र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको बढ्यो । सोमवार सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो । जीवन बिमाको सूचक ७.३४ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको सूचक ६.६१ प्रतिशत, जलविद्युत समुहको ५.९३ प्रतिशत बढ्यो ।
सोमवार १९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावरका शेयर धनीले कमाए । हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका शेयर भनी छन् । विशाल बजारको शेयर मूल्य १० प्रतिशत घट्यो ।
विहिवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । कम्पनीले गर्यो । इन्स्योरेन्सले ३८ करोड ४८ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार गर्यो । त्यस्तै, पुनरबिमा कम्पनीले ३७ करोड ३४ लाखको कारोबार गर्यो ।
प्रतिक्रिया