घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा बिहिबार स्थिर रहेको सुनको मूल्य आज घटेको छ । 

बिहिबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ८ सय निर्धारण गरिएको छ । 
 
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११६५ रहेको महासंघले जनाएको छ ।   

Recent Comments

No comments to show.