काठमाडौं । मंगलबारबाट नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।
मंगलबार तोलामा ९२ हजार ५ सयले कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा १८ सयले घटेको थियो ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया