चन्द्रागिरी हिल्सको आइपीओको आवेदन मंसिर १७ बाट , कस-कसले दिन सक्छन् आवेदन ?

चन्द्रागिरी हिल्सको आइपीओको आवेदन मंसिर १७ बाट , कस-कसले दिन सक्छन् आवेदन ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता सेयर जारी गर्न लागेको हो ।

चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३० करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको छ ।

उक्त आईपिओमा छिटोमा पुस १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आइपीओ काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर कै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् ।

कम्पनीको शेयर निष्काशनको लागि बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले स्थानीयलाई आइपीओ निष्काशन गरेपछि सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।

कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि यस अघि नै अनुमति पाइसकेको छ ।

Recent Comments

No comments to show.