चार महिनामा १४ अर्ब बढीको मोबाइल भित्रियो, चीनबाट मात्र आठ अर्ब ८५ करोडको

चार महिनामा १४ अर्ब बढीको मोबाइल भित्रियो, चीनबाट मात्र आठ अर्ब ८५ करोडको

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा मोबाइलको  माग बढेको छ ।

कोरोनाका कारण शिक्षण सिकाइ, कम्पनीहरुको मिटिङ लगायत भर्चुअल माध्यमबाटै गर्ने चलन बढेसँगै मोबाइलको प्रयोग ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७र७८ को  चार महिनामा  कूल १४ अर्ब १५ करोड रूपैयाँको मोबाइल भित्र्याएको छ।

यस अवधिमा सबैभन्दा धेरै मोबाइल चीनबाट भित्रिएको छ। चीनबाट चार महिने अवधिमा आठ अर्ब ८५ करोड रूपैयाँ बराबरको मोबाइल भित्रिएको विभागले जनाएको छ ।

चीनपछि भारतबाट चार अर्ब ७१ करोडको, भियतनामबाट ४९ करोड र दक्षिण कोरियाबाट तीन करोडको मोबाइल भित्रिएको तथ्यांक छ।

विभागका अनुसार तथ्यांक अनुसार साउन महिनामा ४ अर्ब १८ करोड रूपैयाँ मूल्य बराबरको ४ लाख ६७ हजार गोटा मोबाइल सेट आयात भएको थियो । भदौं महिनमा दुईगुणा भन्दा बढीले वृद्धि भएको तथ्याङमा उल्लेख छ ।  
पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै जानु कोरोना महामारीको कारण अनलाइन कक्षा सञ्चालन हुनुले नै मोबाइलको माग बढेको व्यापारीको दाबी छ ।

एकै परिवारमा अलग(अलग कक्षामा पढ्ने विद्यार्थीको पढ्ने समय एकै हुनाले एक परिवारमा आवश्यक भन्दा बढी मोबाइल किन्नु पर्ने बाध्यता रहेको छ । अनलाइन क्लासका साथै जुममार्फत हुने विभिन्न भर्चुअल बैठक र सेमिनारमा पनि मोबाइलको प्रयोग बढि हुने गरेको छ ।

मोबाइलको विकाससँगै यसले अरू विद्युतीय माध्यमलाई विस्थापित गर्दै गइरहेको छ।

मोबाइलमा नै रेडियो, क्यामेरा, घडी, टर्चको सुविधा विकास भएपछि यी सामग्रीको प्रयोग कम हुँदै गएको छ ।

बालकदेखि वृद्धसम्म सबै किसिमको जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल मानवजीवनको अभिन्न अंगजस्तै पर्यायवाची बन्दै गएको छ।

नेपालमा पनि नयाँ नयाँ मोबाइल आयात हुँदै गएका छन्। रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट पनि मोबाइलको आयात बढ्दो क्रममा रहेको अवस्था छ।

Recent Comments

No comments to show.