काठमाडौं । मंगलबार सुन चाँदीको भाउमा ठुलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुन प्रतितोला ९२ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार कायम भएको छ ।
अघिल्लो दिन सोमबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँ रहेको सुन तोलामा १८ सय रुपैयाँ घटेको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया